दमौली : तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको अनुगमनमा व्यासको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको भेटिएको हो ।
स्थानीय सरकार सञ्चालन, ऐन २०७४ को दफा ७८ बमोजिम आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्नुपर्नेमा व्यासले त्यस्तो गरेको छैन । आन्तरिक नियन्त्रण प्रणाली लागू नगर्दा व्यासमा देखिएका कमजोरी मलेपले बुँदागत रुपमा प्रस्तुत गरेको छ ।
व्यासले आफ्नो क्षेत्रभित्रको आधारभूत तथ्याङ्क सङ्कलन, अभिलेखाङ्कन र व्यवस्थापन गर्नुपर्नेमा सो गरेको छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा यस सम्बन्धी प्रष्ट व्यवस्था छ ।
पालिकाले आर्थिक वर्ष ०७६/७७ मा सञ्चालित कार्यक्रम तथा योजनाको कार्यान्वयन र सेवा प्रवाह समेतको वार्षिक कार्यक्रम अनुसारको प्रगति तयार गरेको छैन ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ मा गाउँपालिक् तथा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्थानीय स्तरको विकासका लागि आवधिक, वार्षिक, रणनीतिगत विषय, क्षेत्रगत मध्यकालिन तथा दीर्घकालिन विकास योजना तयार गरी कार्यान्वयव गरेको छैन ।