डिजी लिंकले ल्यायो ‘डिजी अफर’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डिजी लिंकले ल्यायो ‘डिजी अफर’

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०७८, शनिबार

    दुलेगौँडा : देशकै कान्छो इन्टरनेट सेवा प्रदायक कम्पनी डिजी लिंकले नयाँ अफर ल्याएको छ । कम्पनीले ग्राहकका लागी ‘डिजी अफर’ ल्याएको हो । यो अफरमा ग्राहकले पुरानै मुल्यमा थप ईन्टरनेट स्पिड सहितको प्याकेज प्राप्त गर्ने जनाईएको छ ।

    डिजी लिंकले सार्वजनिक गरेको अफर अन्तर्गत डिजी लिंकको इन्टरनेट प्याकेज खरिद गर्दा ग्राहकले सम्पुर्ण कर सहित एक हजार रुपैयाँमा नै ५० एमबिपिएस इन्टरनेट पाउनेछन् । कर सहित एक हजार एक सय ३० रुपैयाँमा ५५ एमबिपिएसको इन्टरनेट प्राप्त गर्नेछन् ।

    हाल डिजी लिंकले तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका र कास्कीको पोखरा महानगरपालिकाका केही स्थानमा सेवा दिदैँ आएको छ ।