साङ्ग्रिलाको वित्तीय साक्षरताका लागि घरदैलो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    साङ्ग्रिलाको वित्तीय साक्षरताका लागि घरदैलो

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०७८, शनिबार

    दुलेगौडा : सांग्रिला डेभलपमेन्ट बैक दुलेगौँडा शाखाले शनिवार वित्तिय साक्षरताको लागि घर दैलो अभियान सञ्चालन गरेको छ।

    बैकको केन्द्रीय कार्यक्रम अन्र्तगत शनिबार स्थानीयको घर घरमा पुगेर आफ्नो सेवाको बारेमा जानकारी गराउनका साथै खाता खोल्ने समेत कार्य गरेको बैकका शाखा प्रमुख दिबाकर भण्डारीले जानकारी दिए ।

    शुक्लागण्डकी नगरपालिका अन्र्तगत वडा नम्बर ३ र ८ का विभिन्न स्थानमा पुगेर करिव १ सय भन्दा बढि स्थानियहरुलाई बैकिङ सेवा सम्बन्धि जानकारी गराईएको थियो ।

    त्यस क्रममा १६ जना नयाँ ग्राहकको खाता खोल्नुको साथै एटिम, मोवाईल बैकिङ्ग लगायतका सेवाको लागि फारम समेत भरिएको थियो ।

    बैकले वित्तिय साक्षरता कार्यक्रम मार्फत खाता कसरी खोल्ने , चेक कसरी काट्ने , पैसा जम्मा कसरी गर्ने लगायत बैकका अन्य थुप्रै सेवा सुविधाको बारेमा जानकारी गराइएको थियो ।

    वित्तिय सेवाका माध्यमबाट सामाजिक उत्तरदायित्य बहन गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैकले घर दैलो कार्यक्रमको क्रममा कोभिडबाट बच्नका लागि अपनाईले स्वास्थ्य सुरक्षाका मापदण्डका विषमा तथा बैकमा कारोवार गर्दा अपनाउनु पर्ने सजकताको बारेमा समेत जानकारी गराइएको थियो ।

    बैंकले देशभर छरिएर रहेका ९७ शाखामार्फत छिटो, छरितो, सरल तवरले न्युनतम ब्याजदरमा कर्जा सुविधा, बचततर्फ आकर्षक ब्याज, रेमिट्यान्स सुविधा, मोवाइल बैंकिङ, एटीएम, आस्वा लगायतका सेवा दिँदै आएको छ ।

    जनतालाई बचत गर्ने बानी बसाउने उद्देश्यले नेपाल सरकारको खोलाबैंक खाता अभियान २०७६ अन्तर्गत रहेर साग्रिला डेभलपमेन्ट बैंकलेबभिन्न शाखाहमार्फत खोलौ खाता अभियान सञ्चालन गरिरहेको छ ।