क्यान तनहुँको साधारणसभा सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्यान तनहुँको साधारणसभा सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०७८, शनिबार

    दमौली : कम्प्युटर एशोसिएसन महासंघ (क्यान) तनहुँको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभालाई सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यावसायिक मर्यादा र जिम्मेवारीमा रहेर अगाडी बढ्न आग्रह गरे ।

    उनले संस्थामा आबद्ध युवाहरुको सामाजिक क्षेत्रमा सकारात्मक योगदान रहेको बताउँदै सूचना प्रविधिको क्षेत्रमा क्यानसँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताए ।

    क्यानका केन्द्रीय सदस्य कृष्ण पौडेलले केन्द्रको तर्फबाट गर्न सक्ने सबै सहयोगका लागि आफूले पुलको काम गर्ने बताए । क्यान महासंघका गण्डकी अध्यक्ष तुल्सीराम पाण्डेले प्रदेशभर नै क्यान तनहुँ उत्कृष्ट रहेको बताउँदै कोभिडका बेलामा पनि संस्थाले सामाजिक काम गर्न सफल भएको बताए ।

    आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले जिल्लामा नयॉ प्रविधि भित्र्याउन क्यानले पहल गर्ने बताए । क्यान तनहुँका अध्यक्ष टिकाराम पनेरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास-२ का अध्यक्ष काशीराम श्रेष्ठ, वल्डलिंक दमौली शाखा प्रमुख मनोज मल्ल लगायतले मन्तव्य राखेका थिए ।

    संस्थाका उपाध्यक्ष विश्वप्रकाश भुषालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव लालबहादुर थापाले गरेका थिए । कार्यक्रममा सचिव थापा र कोषाध्यक्ष सुशीलकुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको छ।