दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा २१ लाखको सामग्री खरिद गर्दा अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले ठहर गरेको छ ।
कार्यालयले विभिन्न सामग्री सोझै खरिद गरेको र त्यसमा अनियमितता देखिएको मलेपले जनाएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को दफा ८४ मा पॉच लाख भन्दा बढीको खरिद गर्दा सिलबन्दी दरभाउपत्रको माध्यमबाट गर्नुपर्ने उल्लेख छ । साथै नियमावलीको नियम ३१ मा २० लाख भन्दा बढीको खरिद गर्दा बोलपत्रको माध्यमबाट गर्नुपर्नेमा सो नगरी विभिन्न फर्मबाट कार्यालय सामानहरु सिधै खरिद गरिएको तथा सोझै खरिद कार्य गर्दा एक आर्थिक वर्षमा एउटा आपूर्तिकर्तासँग सीमा भन्दा बढी रकमको सोझै खरिद गर्न नहुने उल्लेख छ ।
नियमावली विपरित हुने गरी एउटै फर्मसँग पटक पटक खरिद भएकाले उक्त रकम अनियमित देखिएको छ ।