प्रहरी दिवसमा ४१ जनाद्वारा रक्तदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रहरी दिवसमा ४१ जनाद्वारा रक्तदान

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०७८, आईतवार

    दमौली : ६६ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको समन्वयमा प्रहरी कार्यालयले रक्तदान कार्यक्रम गरेको हो ।

    सडक दुर्घटनाका घाइते एवं रगतको अभावमा परेकाहरुलाई सहयोग पुर्याउन रक्तदान आयोजना गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिए । “पृथ्वीराजमार्ग अन्तरगत तनहुँ खण्डमा सवारी दुर्घटना अत्याधिक हुने र उनीहरुलाई रगतको आवश्यक पर्छ, त्यसैलाई मध्यनजर गरी रगत सङ्कलन गरेका हौ,” उनले भने ।

    सोक्रममा ४१ जनाले रक्तदान गरेका छन् । प्रहरी, सशस्त्र, नेपाली सेना एवं सर्वसाधारणले रक्तदान गरेको तिमिल्सनाले जानकारी दिए ।