दमौली : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश अनिर्णयको बन्दी भएको बताएका छन् । काङ्ग्रेस व्यास नगर समितिले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले तीन महिनासम्म पनि सरकार विस्तार हुन नसक्नु दुखद भएको बताए ।
“तीन महिनासम्म सरकार विस्तार हुन सकेन, देश अनिर्णयको बन्दी भयो,” उनले भने, “समयमा काम गरौ भन्दा कसैले नमानेका कारण आज यो परिणाम आयो ।” वरिष्ठ नेता पौडेलले न्याय, समानता र निष्पक्ष भएमात्रै काङ्ग्रेसमा एकता कायम हुने विश्वास व्यक्त गरे । पार्टीभित्र पारदर्शी नभए विद्रोह हुने पौडेलको भनाई थियो ।