नेपाली फुटबल टिमलाई तरुण विभागको एक लाख ११ हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाली फुटबल टिमलाई तरुण विभागको एक लाख ११ हजार

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०७८, शुक्रबार

    दमौली : नेपाली फुटबल टिमलाई तरुण विभागले नगद सहयोग गर्ने भएको छ । साफ फुटबलको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई विभागले एक लाख ११ हजार सहयोग गर्ने भएको हो।

    विभागका प्रमुख एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उक्त सहयोगको घोषणा गरेका हुन् । फाइनलमा विजयी हुन भण्डारीले टिमलाई शुभकामना व्यक्त गरेका छन् ।

    साफको फाइनलमा नेपाल शनिबार राति ८:४५ बजे भारतसँग भिड्दैछ । नेपाल पहिलो पटक साफको फाइनलमा पुगेको हो ।