रिपाको पाखा सामुदायिक वनले बनायो आफ्नै भवन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रिपाको पाखा सामुदायिक वनले बनायो आफ्नै भवन

    खबरपुञ्ज संवाददाता

    २ पुष २०७८, शनिबार

    दुलेगौँडा : यहाँको एक सामुदायिक वनले आफ्नै भवन निर्माण गर्दै कार्यालय सञ्चालनमा ल्याएको छ । शुक्लागण्डकी नगरपालिका–३ कवासेस्थित रिपाको पाखा सामुदायिक वनले भवन निर्माण गरेर कार्यालय सञ्चाल गरेको हो ।

    उपभोक्ता समितिले वनबाट प्राप्त भएको आम्दानिमार्फत भवन निर्माण गरेको सचिव दिपेन्द्र रिमालले बताए । नौ लाख रुपैयाँको लागतमा शौचालय सहितको भवन निर्माण गरिएको उनले जानकारी दिए । भवनको उद्घाटन गरेर सञ्चालनमा ल्याएको उनले बताए । ‘गत बर्ष र्निमाण सम्पन्न गरेका थियौँ । कोरोनाका कारण उद्घाटन भएको थिएन्’, उनले सुनाए ।

    कार्यालय भवनको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले उद्घाटन गरे । उनले मानव जिवनका लागि वनजंगल वातावरण जोगाउन आवश्यक रहेको बताए । ‘वन र वन्यजन्तु सबैको साझा सम्पत्ति हो । संरक्षणमा सबैले चासो दिनुपर्छ’, उनले भने ।

    डिभिजन वन कार्यालयका तनहुँका सहायक वन अधिकृत कासिराज पण्डितले नवनिर्मित भवनलाई सामुहिक छलफल गर्ने थलोको रुपमा बिकास गर्न आग्रह गरे ।