तेस्रोपटक केन्द्रीय सदस्यमा निर्वाचित भण्डारीको यस्तो छ राजनीतिक यात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तेस्रोपटक केन्द्रीय सदस्यमा निर्वाचित भण्डारीको यस्तो छ राजनीतिक यात्रा

    खबरपुञ्ज संवाददाता

    ४ पुष २०७८, सोमबार

    दमौली । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट तेस्रोपटक केन्द्रीय सदस्यमा शंकर भण्डारी निर्वाचित भएका छन्।खुल्ला ३५ तर्फबाट २७६८ मत ल्याएर आठौँ केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका हुन्।

    नेविसंघ हुदै तरूण दल र पार्टीमा सक्रिय रहेका भण्डारी तनहुँको भानु नगरपालिका साविक पुर्कोट गाविस वडा नं १ निवासी हुन् । ५७ बर्षिय भण्डारी स्वर्गीय पिता दयानिधी भण्डारी र दमयन्ती भण्डारीका कान्छा सुपुत्र हुन् । हाल तेस्रोपटक कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका भण्डारी विद्यालयकाल देखि नेविसंघको राजनीतिमा आवद्ध भएका थिए। नेता भण्डारी २०३६ को विद्यार्थी आन्दोलन देखि नै सक्रिय विद्यार्थी राजनीतिमा होमिएका थिए।

    कांग्रेसी परिवारमा जन्मिएका भण्डारी ठूलो दाजु छत्रराज भण्डारीको प्रेरणाबाट नेविसंघको राजनीतिमा प्रवेश गरेका थिए।। नेता भण्डारी २०४० सालमा एस.एल.सी. दिए पछि उच्च शिक्षाका लागि राजधानी गएका थिए । राजनधानी गएपछि सरस्वती क्याम्पसमा भर्ना भएका थिए । त्यहाँ पनि आफ्नो राजनीतिक यात्रा अगाडि बढाए । २०४६ सालसम्म पद लिनुपर्छ भन्ने मानसिकता नभएका भण्डारी लहलहैमा कार्यकर्ताकै हिसाबले २०४६ सालको आन्दोलनमा सक्रिय भए ।

    २०४६ सालमा लौहपुरुष गणेशमान सिंहको घरमा भएको पार्टी सम्मेलनमा मञ्च व्यवस्थापन समितिमा परे । पार्टीको काम गर्दैगर्दा उनी पक्राउ परे ।२९ दिनसम्म उनलाई प्रहरीले हिरासतमा परेका थिए।

    त्यसपछि मुलुकमा बहुदल आएपछि भण्डारी त्रिचन्द्र क्याम्पसमा भर्ना भएका थिए। २०४८ सालमा नेविसंघ इकाई सभापति बन्न सफल भए ।राजनीतिक यात्रा अगाडि बढ्दै जाने क्रममा भण्डारी २०४९ सालमा स्ववियुको निर्वाचन भयो । त्यसमा निर्वाचित पनि भए । २०५१ मा स्ववियु सभापतिको कार्यकाल सिद्धिएपछि भूमिका बिहिन रहे । त्यसपछि भने तनहुँ क्षेत्र न.१ बाट २०५३ सालमा पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए।

    राजनीतिक यात्रा अगाडि बढ्दै जाँदा भण्डारी बालकृष्ण खाँडको नेतृत्वमा गठन भएको नेपाल तरूण दलको केन्द्रीय सदस्य पर्ने सफल भए। त्यसमा नै चित्त बुझाउदै राजनिती यात्रा अगाडि बढाईरहे। पछि कांग्रेस विभाजन संगै उनी नेपाली कांग्रेस प्रजातान्त्रिक तर्फ आवद्ध हुन पुगे ।त्यक्रममा नेपाल तरूण दलको केन्द्रीय अध्यक्षमा उनी प्रतिस्पर्धामा उत्रिए ।तर जम्मा १६ मतले चुनाव हारे।चुनाव हारे पनि निरन्तर राजनितीमा लागिरहे। उनको राजनिती प्रभाव झन बढ्दै जान थाल्यो ।पाटी एक हुन पुगेपछि उनी झन् मजबुत बने ।त्यही बललाई प्रयोग गर्दै पाटीको बाह्रै महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लड्ने निचोडमा पुगे र उम्मेदवारी घोषणा गरे ।

    देशभरिका कार्यकर्ता र विशेष गरि तरूण युवाहरूले सहयोग १९ औ नम्बरमा पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित हुन भए। त्यपछि उनको राजनितीक उचाइ चुलिदै जान थाल्यो र दोस्रो संविधानसभा चुनाव २०७० सालमा कांग्रेसको तर्फबाट तनहुँ क्षेत्र न.१ को उम्मेदवार बन्न सफल भए ।हठी स्वभावका भण्डारी कार्यकर्ता र सर्वसाधारणलाई मन जित्न सफल भए। संविधान निमार्ण भइसकेपछि पुष्पकमल दाहालको नेतृत्वको सरकारमा वन तथा भूसंरक्षणमन्त्री भएका भण्डारी ९ महिना उक्त मन्त्रालय चलाएका थिए। वन मन्त्रालयमा उदाहरण कार्य गरेर जनताको मन जित्न सफल भएका थिए।

    निरन्तर आफ्नो राजनिती यात्रा अगाडि बढाउदै गएका भण्डारी २०७४ सालको चुनावमा भने तनहुँ क्षेत्र न.२ बाट चुनावमा पराजित हुन पुगेका थिए।

    त्यसपछि अझ तनहुँका जनतासँग निरन्तर सुखदुःख रहेका छन्। पार्टीको १४ औँ महाधिवेशनमा जिल्लामा आफ्नो पक्षको बलियो पकड बनाउन सफल भएका भण्डारी केन्द्रमा पदाधिकारी चुनाव लड्ने तयारी गरेपनि अन्ततः केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। भण्डारीको ७७ वटा जिल्लामा आफ्नो प्रभाव बलियो पारेका उनी ८ औँ नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।