दमाैली । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले साधारण सदस्य राजकुमार श्रेष्ठ (विवि)को बुबाको निधनमा दुःख व्यक्त गरेको छ । व्यास नगरपालिका–५ चापाघाट निवासी रेशमलाल श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएकामा महासङ्घले सोमबार विज्ञप्ती मार्फत् दुःख व्यक्त गरेको हो ।
शाखा सचिव प्रताप रानाले शोकविज्ञप्ती जारी गरी शोकको घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी गहिरो समवेदना व्यक्त गरेका छन् ।