दमौली ।तनहुँको गलेगामकोट दरबार चिनाउन गीति चित्र सार्वजानिक गरिएको छ । व्यास नगरपालिकाको आर्थिक सहयोगमा गलेखामकोट भैरवी पर्यटन विकास समितिद्धारा निर्मित ‘‘जाम्न न गलेखाम’’ बोलको गीति चित्र सार्वजनिक भएको हो ।
गीति चित्र युटुब मार्फत व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले दमौलीमा सार्वजनिक गरे ।सो अवसरमा नगर प्रमुख न्यौपानले नगरपालिकाले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्दै गीतको म्युजिक भिडियोले पर्यटन प्रवद्धर्न गर्ने विश्वास लिई गीत तथा भिडियो निर्माणमा मद्धत पुर्याएको बताए ।
व्यास नगरपालिका वडा नम्बर ६ मा अवस्थित, गलेखामकोटलाई एक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग पु¥याउने विश्वास लिई , यसको महत्व र प्राचिनता बारे सबैका माझ पुर्याउने उद्धेश्यले गीति चित्र तयार पारिएको हो ।
काशीनाथ न्यौपानेको शब्द रहेको गीतमा आवाज नवराज थापा र समिक्षा अधिकारीको रहेको भने सङ्गीत मनराज प्ल्हेमे गुरुङको रहेको छ । गीति चित्रको निर्देशन कमल केसीले गरेका हुन् भने अभिनय अनु पराजुली, प्रदीप ज्ञावली र मनिका श्रेष्ठको रहेको छ ।