एमाले स्थायी कमिटी सदस्य गुरुङ भन्छन्, ‘अहिलेको सरकार चलिरहेको छैन्’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले स्थायी कमिटी सदस्य गुरुङ भन्छन्, ‘अहिलेको सरकार चलिरहेको छैन्’

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७८, मंगलवार

    दुलेगाैडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले जनताले अनुभूति गर्नेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन् । उनले संघ र प्रदेश सरकारले केही काम गर्नै नसकेको जिकिर गरे ।

    समृद्ध नेपाल निर्माणको लागि नेकपा एमाले बाहेक अरु पार्टीले नसक्ने उनको भनाई छ । गठबन्धन सरकार भएर पनि काम गर्न नसकेको पूर्वमन्त्री समेत रहेका गुरुङले आरोप लगाए । ‘सबै राजनीतिक दल एक ठाउँमा छन् । गठबन्धनले सरकार चलाएका छन् तर सरकार चलिरहेको छैन्,’ उनले भने । गठबन्धनको सरकार आएपछि जनतामा निराशा छाएको उनको भनाई छ ।

    नेकपा एमाले शुक्लागण्डकी नगरपालिका–५ वडा कमिटीको कार्यालय मंगलबार उद्घाटन गर्दै स्थायी कमिटी सदस्य गुरुङले मुलुकलाई सम्बृद्ध बनाउन एमालेको नेतृत्व अपरिहार्य रहेको बताए । ‘आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्छ । यो सन्देश १० औँ राष्ट्रिय महाधिवेशनबाट पाईसकेका छौँ हामीले’, उनले भने ।

    अन्य पार्टी त्याग गरेर एमालेमा प्रवेश गर्ने लहर नै चलेको उनको दाबी छ । ‘नेकपा एमाले सरकारमा हुदाँ जति लोकप्रिय बनेको थियो । सरकार बाहिर रहँदा पनि त्यो भन्दा लोकप्रिय बनेको छ । सर्वसधारण जनताको आशा र विश्वासको धरोहरको रुपमा एमाले चिनिएको छ’, उनले भने । चितवन महाधिवेशनको दृश्यले नै एमाले सर्वसाधरणको लोकप्रिय पार्टी सावित भएको उनको भनाई छ ।

    एकै मितिमा वडा, पालिका अधिवेशन र चितवनमा भएको १० औँ राष्ट्रिय महाधिवेशन राष्ट्रिय महत्वको एक ऐतिहासिक घटना भएको उनले बताए । ‘एमालेबाट भोलिका दिनमा अरु पार्टीले पनि यसैगरी अधिवेशन गर्नेछन्’, उनको विश्वास छ । मुलकको अर्थतन्त्र संकटमा परेको बताउँदै उनले अर्थमन्त्रीलाई जनार्दन शर्मालाई अर्थतन्त्रबारे ज्ञान नै नभएको आरोप लगाए ।