विप्लव नेतृत्वको नेकपा संगठन सुदृढीकरण अभियानमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विप्लव नेतृत्वको नेकपा संगठन सुदृढीकरण अभियानमा

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७८, बुधबार


    दमौली। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले तनहुँमा संगठन सुदृढीकरण तथा विस्तार अभियानलाई तीव्रता दिएको छ । राजनीतिक, वैचारिक प्रशिक्षण र संगठन सुदृढ तथा विस्तारित अभियानका बारेमा सोमबार दमौलीमा प्रशिक्षण दिइएको नेकपा व्यास नगर इन्चार्ज ओमराज पन्तले बताए ।

    नेकपा सचिवालय सदस्य सन्तोष बुढा , केन्द्रीय सदस्य सावित्री दुरा लगायतका प्रशिक्षण दिएका थिए । जनमत संग्रह, वैज्ञानिक समाजवाद तथा एकीकृत जनक्रान्तिका बारे पार्टीको स्पष्ट धारणाका बारेमा नेता बुढाले प्रस्ट्याएका थिए । झण्डै १ सय जना पार्टीका अगुवा कार्यकर्ता भेला भएको कार्यक्रममा नेकपा का केन्द्रीय सदस्य एवम् तनहुँ जिल्ला अध्यक्ष पुर्णजित पुन, सचिव एटम, युवा संगठन केन्द्रीय सदस्य नेत्र थापा लगायत सहभागी थिए ।