दमाैली । तनहुँको बन्दिपुर गाउँपालिका–२ बसपार्कबाट अवैध लागुऔषध गाजा सहित तीन जना पक्राउ परेका छन् । प्रहरीले बन्दिपुर गाउँपालिका–६ धरमपानी बस्ने २७ वर्षीय राम गुरुङ सहित तीन जनालाई मङ्गलबार राति पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुको साथबाट दुई सय ग्राम गाजा बरामद भएको छ । धरमपानीबाट काठमाडौ जाँदै गरेको बा २ च ३९९१ नम्बरको जिपलाई इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा गाजा सहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको छ ।