दमाैली । राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले जिल्ला कार्यसमितिका पदाधिकारी मनोनित गरेको छ । पार्टीका अध्यक्ष विनोद घर्तीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष महिला उपाध्यक्ष र कोषाध्यक्ष पदमा मनोनित गरेको हो ।
पार्टीको वरिष्ठ उपाध्यक्षमा सोमबहादुर गुरुङ र केदारबहादुर केसी, महिला उपाध्यक्षमा फूलमाया कामी, उपाध्यक्षमा बाबुराम न्यौपाने र कोषाध्यक्षमा इन्द्रा रानाभाट मनोनित हुनुभएको छ ।