पोखरामा ठूलो मात्रामा लागुऔषधसहित तनहुँकी महिला पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरामा ठूलो मात्रामा लागुऔषधसहित तनहुँकी महिला पक्राउ

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७८, बुधबार

    पाेखरा । पोखरामा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । तनहुँ शुक्लागण्डकी नगरपालिका खैरेनीटार घर भई पोखरा -११ फूलबारी बस्ने ३० वर्षीया श्रीमाया विक भण्डारी १८६ एम्पुल लागुऔषधसहित पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

    भण्डारीलाई डाइजापाम ६२ एम्पुल, फेनेरागन ६२ एम्पुल र नुर्फिन ६२ एम्पुल गरी १८६ एम्पुल लागुऔषधसहित पोखराको फूलबारीबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।

    भण्डारीलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।