दमाैली । इनरह्विल क्लव दमौलीले व्यास नगरपालिका–९ स्थित लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । क्लवले विद्यालयमा अध्ययनरत ७३ जना छात्रछात्रालाई विद्यालय पोशाक, जुत्ता लगायतका सामग्री बुधबार वितरण गरेको हो ।
क्लवकी अध्यक्ष मन्जु थापाको अध्यक्षतामा वडाध्यक्ष सुरेश थापाले उक्त सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त पौडेललाई हस्तान्तरण गरेका छन् । क्लवको सामाजिक उत्तरदायित्व वहन अन्तर्गत विद्यालयमा सहयोग गरिएको क्लवकी अध्यक्ष थापाले जानकारी दिइन् । क्लवले यसअघि पनि विभिन्न ठाउँमा सहयोग गर्दै आएको छ ।
उक्त कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष आशा बानियाँ, उपाध्यक्ष शर्मिला श्रेष्ठ, सचिव प्रमिला श्रेष्ठ, पूर्व अध्यक्ष निर्मला मल्ल लगायतको उपस्थिति थियो ।