राष्ट्रिय मुक्ति मोर्चा तनहुँको अध्यक्षमा मोहन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय मुक्ति मोर्चा तनहुँको अध्यक्षमा मोहन

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७८, बुधबार

    दमाैली । नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय मुक्ति मोर्चा तनहुँको अध्यक्षमा मोहन थापा मगर चयन भएका छन् । मोर्चाको बुधबार सम्पन्न प्रथम सम्मेलनबाट थापाको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ ।

    मोर्चाको उपाध्यक्षमा सुमन थापा मगर र हरिकला सारु मगर, सचिवमा टिकाराम थापा मगर, सहसचिवमा खड्कसिं राना मगर र कोषाध्यक्षमा दानबहादुर आले मगर चयन भएका छन् ।