मेरो राजनीतिक यात्रा जारी छ, साथीहरुले जोगिएर रहनुपर्छ भनेपछि चुनाव लडिनँः रामचन्द्र पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मेरो राजनीतिक यात्रा जारी छ, साथीहरुले जोगिएर रहनुपर्छ भनेपछि चुनाव लडिनँः रामचन्द्र पौडेल

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०७८, बिहीबार

    काठमाडौ । काँग्रेस नेता रामचन्द्र पौडेलले सहकर्मीहरूले चुनाव नलडी जोगिएर बस्नुपर्छ भनेपछि आफू चुनावी प्रतिस्पर्धामा सहभागी नभएको बताएका छन् ।

    ‘मेरा साथीहरुले रामचन्द्रजी अब पार्टीभित्रको चुनाव लड्नुहुँदैन, जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग हुने निर्णयमा पुगेँ र  त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेँ’, पौडेलले बिहीबार महाधिवेशनबाट निर्वाचित सभापतिसहित केन्द्रीय कमिटी सदस्यलाई बधाई दिँदै पौडेलले भने । उनले यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम नभइ केही क्षणको अल्पविराम मात्रै भएको उनको भनाइ छ ।
    उनले आफ्नो राजनीतिक यात्रा जारी रहने भन्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको मिसनबाट विचलित नहुने स्पष्ट गरेका छन् ।

    उनले पार्टीका सबैलाई समेटेर एकताबद्ध बनाएर लैजाने जिम्मेवारी आफूमा रहेको पनि बताएका छन् । उनले निर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आफू जस्तोसुकै अवस्थामा पनि राष्ट्रमा स्थायित्व, सुशासन, विकास र समतामूलक समाज निर्माणका लागि लागिपर्ने बताएका छन् ।