काठमाडौ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको सबै मतगणना सम्पन्न भएको छ।मतदान भएको १० दिनपछि कांग्रेसको मतगणना सकिएको हो। गएराति खस आर्य र आदिवासी जनजाती तर्फको केन्द्रीय सदस्यको परिणाम सार्वजनिक गरिएको छ।
खस आर्य (महिला) तर्फ कान्तिका सेजुवालले १८८५, चम्पादेवी खड्काले १९०६, नानु बास्तोलाले २००१, प्रतिमा गौतमले १८९१, मञ्जु खाणले २१८१ र विद्यादेवी तिमिल्सिनाले १८२५ मत प्राप्त गरी केन्द्रीय सदस्य निर्वाचित भएका छन्। ६ पदका लागि भएको निर्वाचनमा ३१ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।
खस आर्य (खुला) तर्फ केशवकुमार बुढाथोकी २११५, गेहेन्द्र गिरि १८०३, गोविन्दबहादुर शाह २०७३, नारायणबहादुर कार्की १८३६, भीम पराजुली १९४७, मधु आचार्य १८४९ र श्यामकुमार घिमिरे १९१९ मत सहित केन्द्रीय सदस्य भएका छन्। सात पदमा ४३ जनाले उम्मेदवारी दिएका थिए।
केन्द्रीय सदस्य आदिवासी जनजाति (महिला) तर्फ अन्जनी श्रेष्ठ २१२४, गंगालक्ष्मी अवाल १८५७, माया राई १८७३, सरस्वती वजीमय २०४८, सिताकुमारी राना १८३५, सीता गुरुङ २३०७ र सुशीला थिङ १७९५ मत प्राप्त गरी केन्द्रीय सदस्यमा विजयी भएका छन्। सात पदमा ३३ जनाले प्रतिस्पर्धा गरेका थिए।
आदिवासी जनजाति (खुला) तर्फ आङ गेलु शेर्पाले १८९८, उमेश श्रेष्ठले २१४४, चीनकाजी श्रेष्ठले २३०८, टेकप्रसाद गुरुङले १७७८, टेकबहादुर गुरुङ (मनाङ)ले १९०६, तारामान गुरुङले १९७६, दिलमान पाख्रिनले १९७६ र बहादुर सिंह (लामा) तामाङ २११४ मत प्राप्त गरी केन्द्रीय सदस्य निर्वाचित भएका छन्। आठ पदमा ५० जनाले उम्मदवारी दिएका थिए।
महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई १० पुसमा बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा निर्वाचित भएको प्रमाण पत्र वितरण गरिने निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए।