महिलालाई आत्मनिर्भर बनाउन व्युटिपार्लर तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महिलालाई आत्मनिर्भर बनाउन व्युटिपार्लर तालिम

    खबरपुञ्ज संवाददाता

    ८ पुष २०७८, शुक्रबार

    दमाैली । दमौलीस्थित आवेदा व्युटिपार्लर तथा प्रशिक्षण केन्द्रको आयोजनामा शुक्रबारदेखि व्युटिपार्लर तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तालिम लिएपछि उद्यमी बन्न महिलाहरुलाई आग्रह गरे ।

    तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउनुका साथै घरपरिवार, छरछिमेकलाई पनि स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन सहयोग पुग्ने बताए ।

    व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले तालिम लिएर प्रमाणपत्र थन्क्याएर राख्नुभन्दा व्यवसाय गर्नेतर्फ अग्रसर हुन आग्रह गरे । प्रशिक्षण केन्द्रकी सञ्चालिका रफत साना मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तनहुँ सौन्दर्य व्यवसायी सङ्घकी संस्थापक अध्यक्ष शकुन्तला आले, महिला उद्यमी महासङ्घ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्ल, तालिमका संयोजक गोरा मियाँ लगायतले तालिमका सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरे ।

    तीन महिनासम्म ३९० घण्टा सञ्चालन हुने तालिममा प्रमुख प्रशिक्षक रफत साना मियाँ, सुष्मा पिया, सोफिया खातुन, कामना गुरुङ लगायतले प्रशिक्षण दिनेछन् । तालिममा तनहुँ, लमजुङ, चितवनका ४० महिलाको सहभागिता छ ।