आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा एक हजार तीन जनाको मतदाता नामावली दर्ता गरिएको छ । निर्वाचन कार्यालयले दोस्रो चरणमा सञ्चालन गरेको अभियान अन्तर्गत मङ्सिर २७ देखि पुस ९ गतेसम्म एक हजार तीन जनाको नामावली दर्ता गरिएको हो ।
आँबुखैरेनी गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठका अनुसार पाँच सय ३८ पुरुष र चार सय ६५ महिलाको नामावली दर्ता गरिएको छ । गाउँपालिकाले ६ वटै वडाका नागरिकको सहजताका लागि गते अनुसार नाम दर्ता गराउने व्यवस्था मिलाएको थियो ।
वडा नम्बर १ का दुई सय २२, वडा नम्बर २ का एक सय ३६, वडा नम्बर ३ का दुई सय ७७, वडा नम्बर ४ का एक सय २८, वडा नम्बर ५ का एक सय ८३ र वडा नम्बर ६ का ५७ जनाको नामावली दर्ता गरिएको छ ।