दमाैली । तमु ह्युल छोंज धीं राष्ट्रिय गुरुष परिषद् तनहुँको अध्यक्षमा देवबहादुर तमु चयन भएका छन् । शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा सम्पन्न परिषद्को चौथो जिल्ला अधिवेशनबाट देवबहादुरको अध्यक्षतामा नयाँ कार्य समिति भएको छ ।
परिषद्को उपाध्यक्षमा अक्कलविरही तमु, महिला उपाध्यक्षमा आशा देवी तमुस्यो, सचिवमा मिनबहादुर तमु, सङ्गठन सचिवमा पञ्चबहादुर तमु, प्रचारप्रसार सचिवमा किशोर तमु, कोषाध्यक्षमा यामू तमु, सहकोषाध्यक्षमा सविना तमुस्यो चयन भएका छन् ।
सदस्यहरुमा जितबहादुर तमु, हर्कबहादुर तमु, केशु तमुस्यो, गञ्जसिं तमु, गणेशबहादुर तमु र मिना तमुस्यो चयन भएका छन् ।
परिषद्का जिल्ला अध्यक्ष खेमराज तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष कर्णबहादुर तमु, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, आदिवासी जनजाति महासङ्घ तनहुँकी अध्यक्ष बसुन्धरा घर्ती, नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष मनिराज मगर, वडाध्यक्ष रविचन्द्र पौडेल, रसमाया तमुस्यो, रगबहादुर तमु, गङ्गादेवी तमुस्यो लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन जीवन तमुले गरेका थिए ।