दमाैली । नेकपा एमाले व्यास १४ को वडा कमिटीको आयोजनामा छाब्दी वराह टोलका बासिन्दालाई नेपाल कम्युनिष्ट पार्टी एमाले व्यास नगरपालिकाले प्रशिक्षण दिएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीका पूर्व केन्द्रीय सदस्य एकबहादुर रानाले माक्सको सिद्धान्तमा सबै हिँड्नुपर्ने बताए । उनले आफ्नो अधिकार मागेर नभइ खोसेर लिनु पर्ने समेत बताए ।
पार्टिका जिल्ला सचिवालय सदस्य एवम व्यास नगर इन्चार्ज प्रदीप अधिकारीले आगामी पुस्तालाईको अनुहारमा उज्यालो छर्न कम्युनिष्टकाे आन्दोलनलाई साथ दिनुपर्ने बताए । पार्टीका जिल्ला कमिटी सदस्य निर्मल पण्डित, व्यास नगर अध्यक्ष वीरेन्द्र अधिकारी, जनसांस्कृतिक मञ्चका केन्द्रीय सदस्य पृथ्वी भुजेल,अखिल नेपाल महिला संघको तनहुँ सचिव बसुन्धरा घर्ती लगायतले बाेलेका थिए ।
साथै सोही अवसरमा टोलराज पन्थको अध्यक्षतामा छाब्दी टोल कमिटी गठन गरिएको छ । उपाध्यक्षमा नरबहादुर थापा,सचीवमा श्रीकुमार श्रेष्ठ,उपसचिवमा मानसिङ आले,किरण आले र सागर पन्थ सहित २१ जना छन् ।