ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ११ पुष २०७८, सोमबार

    दमौली ।तनहुँको भिमाद नगरपालिका–६ सिमबोटमा पार्किङ गरी राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–७ डुकडाँडा घर भई भिमाद नगरपालिका–६ मालेबगर बस्ने २६ वर्षीय प्रकाश राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइते भई प्राथमिक स्वास्थ्य चौकी भिमादमा उपचार भइरहेकामा उनको उपचारका क्रममा मृत्यु भएको हो । ग १ त ३७६९ नम्बरको ट्याक्टरमा बा १५ प ४०९३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुवै सवारी साधन र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा छन् ।