तनहुँमा आइटिएफ तेक्वान्दो खेलमा आकर्षण बढ्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँमा आइटिएफ तेक्वान्दो खेलमा आकर्षण बढ्दै

    अमृत परियार

    ११ पुष २०७८, सोमबार

    भिमाद । तनहुँको भिमाद नगरपालिका वडा नं ५ ऋषिङ पाटनमा तेक्वान्दो एकेडेमी सञ्चालनमा आएको छ । आइतबारदेखि भिमाद आइटिएफले भिमाद ५ ऋषिङपाटनमा तेक्वान्दो एकेडेमीले सञ्चालनमा ल्याएको हो ।

    स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासङ्घ अन्तर्गत गण्डकी प्रदेश तेक्वान्दो संघले तेक्वान्दो खेलको विकास तथा विस्तार गर्दै तनहुँमा पनि नयॉ एकेडेमी(दोजाङ) सुरुवात गर्दै आइरहेको छ ।

    विशेषगरी आत्मरक्षा हुन तथा शारिरीक तन्दुरुस्त बनाउनुको साथै अनुशासित भई असल व्यक्तित्वको विकास गराउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमी सञ्चालनमा ल्याएको सिनियर प्रशिक्षक आकाश चन्द्र घर्तीले जाकारी दिए ।

    घर्तीकै नेतृत्वमा भिमाद नगरपालिका वडा नं ६ भिमाद बजारमा ‘भिमाद तेक्वान्दो एकेडेमी ‘ सन्चालन भैरहेको छ । एकेडेमी सन्चालन भईरहँदा यस खेलमा उच्च आकर्षण बढे सङ्गै विभिन्न नगर तथा गाउपालिकामा नया प्रशिक्षकको माग बढ्दै गएको उनले बताए ।

    गत भदौबाट शुक्लागण्डकी नगरपालिकामा उत्तम थापाको प्रशिक्षण मा ‘ एक्लेखेत तेक्वान्दो दोजाङ ‘ , मालती तामाङको प्रशिक्षणमा ‘नर्सरी तेक्वान्दो दोजाङ , शुक्लागण्डकी नगरपालिका दुलेगौडामा सोम बहादुर गुरुङको प्रशिक्षणमा शुक्लागण्डकी तेक्वान्दो एकेडेमी ‘ सञ्चालन भईरहेको छ ।