जनता काङ्ग्रेसलाई भाेट हाल्न आतुर छन् : पूर्वमन्त्री भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनता काङ्ग्रेसलाई भाेट हाल्न आतुर छन् : पूर्वमन्त्री भण्डारी

    खबरपुञ्ज संवाददाता

    ११ पुष २०७८, सोमबार

    दमाैली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा जनताको आकर्षण बढेकाे र जनता काङ्ग्रेसलाई भाेट हाल्न आतुर रहेकाे बताएका छन् । नेपाली काङ्ग्रेस बन्दिपुर गाउँसमिति वडा नम्बर ५ ले साेमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री भण्डारीले काङ्ग्रेस जनताको भरोसोयोग्य पार्टी भएको उल्लेख गरे ।

    “देशैभर काङ्ग्रेस प्रवेश गर्नेको लहर छ, जनताको आकर्षणले पार्टीलाई थप सुदृढ बन्न सहयोग पुग्छ,” भण्डारीले भने, “जनताको भरोसा टुट्न दिँदैनौ ।” पूर्वमन्त्री भण्डारीले काङ्ग्रेसलाई सबल र सक्षम बनाउन तल्लो तहदेखि नै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए।

    भण्डारीले निकट विष्यमा हुने तीन वटै तहको निर्वाचन काङ्ग्रेसले जित्ने दावी गरे। मुलुक र मुलुकवासीको भविष्य नेपाली काङ्ग्रेसको हातमा रहेको उल्लेख गर्दै भण्डारीले जनताले तीन तहको निर्वाचनमा काङ्ग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे।

    कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, सहसचिव परमेश्वर भट्टराई, पूर्व सचिव समुन्द्र गोदार, बन्दिपुर गाउँ सभापति कर्ण खत्री लगायतले पार्टीलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे ।