दमाैली । अष्ट्रेलिया नेपाल विजनेस काउन्सिल कमिटीको संयोजकमा सन्देश राजभण्डारी चयन भएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अष्ट्रेलियाले गठन गरेको कमिटीको संयोजकमा राजभण्डारी चयन भएका हुन् ।
सिड्नीमा बसोबास गर्दै आएका राजभण्डारी एनआरएन अष्ट्रेलियाको केन्द्रीय युवा सदस्य समेत हुन् । व्यास नगरपालिका–३ दमौली घर भई सिड्नीमा बसोबास गर्दै आएका सफल व्यवसायी राजभण्डारीले आरबि हेयर एण्ड व्युटी लाउन्ज सञ्चालन गर्दै आएका छन् ।
कमिटीको उपसंयोजकमा हेम श्रेष्ठ र सचिवमा राम चालिसे चयन भएका छन् । अन्य सदस्य पछि मनोनित गरिने संयोजक राजभण्डारीले जानकारी दिए । सामूहिक लगानी, व्यवसायमा विविधकरण, लगानीको नयाँ क्षेत्रको खोजी, नेपाल–अष्ट्रेलियाबीचको व्यापार वृद्धि लगायतका क्षेत्रमा काउन्सिलले काम गर्ने उनले बताए ।