प्रेस चौतारीको महाधिवेशन माघ २२ गते पोखरामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रेस चौतारीको महाधिवेशन माघ २२ गते पोखरामा

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०७८, मंगलवार

    बुटवल । प्रेस चौतारी नेपालको नवौ महाधिवेशन आगामी माघ २२ गतेबाट पोखरामा हुने भएको छ । लुम्बिनीमा मङ्गलबार सम्पन्न भएको केन्द्रीय समिति बैठकले माघ २२ गतेदेखि २४ गतेसम्म पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    बैठकले जिल्ला अधिवेशन पुस २८ र २९ गते गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश अधिवेशन माघ ३ गतेदेखि ६ गते हुनेछ ।

    बैठकलाई नेकपा एमालेका उपमहासचिव एवं प्रेस चौतारीका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरेका थिए ।