एमाले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट सुरु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    देवघाट । नेकपा एमाले तनहुँको आगामी पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि पालिकाबाट प्रतिनिधि छनौटको क्रम सुरु भएको छ । दश पालिका रहेको तनहुँमा एमाले अधिवेशनका लागि देवघाट गाउँपालिका–५ बाट ११ जना प्रतिनिधि छनौट भएका छन् ।

    देवघाटमा मङ्गलबार सम्पन्न भेलाले जिल्ला अधिवेशनका लागि यालबहादुर गुरुङ, शिवराज पौडेल, टुकनाथ अधिकारी, भोजराज नैनाबस्ती, सुकलाल गुरुङ, गणेशबहादुर थापा, तिलकप्रसाद न्यौपाने, सावित्री न्यौपाने, ठाकुरकुमारी काफ्ले, जमुना न्यौपाने, गीता पन्तलाई प्रतिनिधिको रुपमा छनौट गरेको छ ।

    अन्य वडाहरुमा पनि भेला राखेर प्रतिनिधि छनाैट गरिने एमाले देवघाटका अध्यक्ष केशवचन्द्र न्याैपानेले जानकारी दिए ।