वर्षा र हिमपातको सम्भावना, ‘चिसाेबाट जाेगिऔँ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वर्षा र हिमपातको सम्भावना, ‘चिसाेबाट जाेगिऔँ’

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०७८, मंगलवार

    काठमाडाै । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । याे मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   

    उच्च पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ । महाशाखाले आउँदाे २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवम् सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । देशको पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भूभागको केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । 

    रातिको समयमा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भेगमा बाक्लो तुवाँलो लागेको छ भने तराईका कतिपय ठाउँमा हुस्सु/कुहिरो लागेको छ ।

    भाेलि बुधवार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाण्डाैकाे न्यूनतम तापक्रम ३ दशमलव ६ र अधिकतम तापक्रम १५ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।