गुरुङलाई सुश्री भद्राकुमारी घले पत्रकारिता पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गुरुङलाई सुश्री भद्राकुमारी घले पत्रकारिता पुरस्कार

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०७८, मंगलवार

    दुलेगौडा । सुश्री भद्राकुमारी घले पत्रकारिता पुरस्कारबाट तनहुँकी पत्रकार ममता गुरुङ पुरस्कृत भएकी छन् । मंगबलार काठमाडौँमा तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले आयोजना गरेको कार्यक्रममा गुरुङलाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी १० हजार एक रुपैयाँ रहेको छ ।

    सञ्चार क्षेत्रमा सक्रिय रही गुरुङ समुदायको समृद्धिका लागि पुर्याएको योगदानको उच्च कदर गर्दै उनलाई पुरस्कृत गरेको जनाईएको छ । गुरुङ हाल तनहुँको रेडियो ढोरबाराहीमा समाचार प्रमुख पदमा कार्यरत छिन् ।

    स्याङ्जा जन्मथलो भई तनहुँलाई कर्मथलो बनाएकी उनी विगत पाँच वर्षदेखि पत्रकारितामा क्रियाशिल छिन् । गुरुङले पत्रकारितामार्फत गुरुङ भाषाको पुस्तानतरणका लागि भूमिका खेल्दै आएकी छन् । रेडियो तनहुँबाट पत्रकारिता सुरु गरेकी उनी शुक्लागण्डकी एफएम हुदैँ अहिले रेडियो ढोरबाराहीमा कार्यरत छिन् । गुरुङ सञ्चारिका समूह तनहुँको उपाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँको सचिव समेत हुन् ।

    खबरपुञ्जसँगको संक्षिप्त कुराकानीमा गुरुङले पुरस्कारले आफूलाई थप गहन जिम्मेवारी थपिएको बताइन् ।

    वरिष्ठ पत्रकार खिम घलेको अध्यक्षतामा रहेको पाँच सदस्यीय छनोट समितिले पुरस्कारका लागि ममतालाई छनोट गरेको हो । उनीसँगै सात पत्रकार पुरस्कृत भएका छन् । सो अवसरमा गुरुङ न्युज डटकमको लोकार्पण पनि गरिएको छ ।