श्रम मन्त्रीद्वारा वैदेशिक रोजगार बोर्ड सदस्यमा तीन जना नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    श्रम मन्त्रीद्वारा वैदेशिक रोजगार बोर्ड सदस्यमा तीन जना नियुक्त

    खबरपुञ्ज संवाददाता

    १४ पुष २०७८, बुधबार

    काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले तीन जना व्यवसायीलाई वैदेशिक रोजगार बोर्ड सदस्यमा नियुक्त गरेका छन् ।

    मन्त्री श्रेष्ठले वैदेशिक रोजगार व्यवसायी इन्टरनेशनल रिक्रुटमेन्ट प्रा।लि।का सञ्चालक यम बहादुर (वाईबि) राई, नेपाल अभिमुखीकरण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहाकार पुर्णबहादुर मल्ल तथा महासंघका उपाध्यक्ष कल्पना पाण्डे न्यौपानेलाई बोर्डको सदस्यमा नियुक्त गरेका हुन् ।

    व्यवसायी राई सत्तारूढ नेकपा एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका बरिष्ठ उपाध्यक्ष हुन् भने मल्ल सोही पार्टीको केन्द्रीय लेखा आयोगका सदस्य समेत हुन् । महासंघकी उपाध्यक्ष न्यौपाने सत्तारूढ नेपाली कांग्रेस निकट मानिन्छिन् । 

    वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ को उपदफा १ अनुसार नियुक्ति पाएका उनीहरू सबैको कार्यकाल नियुक्ति पाएको मितिले दुई वर्ष हुने मन्त्रालयले जनाएको छ ।