म्याग्देकी नीरमाया पाँच दिनदेखि सम्पर्कविहीन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देकी नीरमाया पाँच दिनदेखि सम्पर्कविहीन

    खबरपुञ्ज संवाददाता

    १४ पुष २०७८, बुधबार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ बडहरेकी ४० वर्षीया नीरमाया नेपाली पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन् । यही पुस १० गतेदेखि घर छाडेर हिँडेकी नेपाली नभेटिएको उनको परिवारले जनाएको छ ।

    चर्च जान्छु भनेर घरबाट हिँडेकी नेपाली नभेटिएपछि उनको परिवार चिन्तामा छ । उनका श्रीमान् लक्ष्मणले श्रीमतीको केही पत्तो नलागेको जानकारी दिए । नीरमायाको मोबाइलसमेत अफ रहेको उनले बताए ।

    सम्पर्कविहीन भएपछि उनको खोजवीनका लागि प्रहरी चौकीमा जानकारी गराइएको छ । थर्पु प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले सम्पर्कविहीन नेपालीको खोजी भइरहेको बताए ।