अंग्रेजी नयॉ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    अंग्रेजी नयॉ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०७८, बुधबार

    दमौली । अंग्रेजी नयाँ बर्षको अवसरमा पर्यटकीय नगरी बन्दीपुरमा दुई दिने सडक खाना महोत्सव हुने भएको छ । बन्दीपुर बजारमा १६ र १७ पुसमा सडक खाना महोत्सव हुने भएको हो । क्षेत्रीय होटल संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई मिलेर महोत्सवको आयोजना गरेका हुन् ।

    महोत्सवमा बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनी स्थानीय खानाका परिकारको स्टल रहने क्षेत्रीय होटल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले बताए । ‘एकै स्थानमा फरक फरक स्वादको स्थानीय परिकार आन्तरिक र बाह्य पर्यटकलाई चखाइन्छ । सडकमा खाएर सडकमै रमाउने वातावरण बनाउदैछौँ’, उनले भने । विशेषत नेवार, गुरुङ र मगर समुदायको खानाको परिकार हुनेछन् । महोत्सव अवधीभर यहाँका हरेक होटलले आफ्ना खानाको परिकारको प्रर्दशन गर्दै पर्यटकलाई पस्कनेछन् ।

    महोत्सवले बन्दीपुरको पर्यटन प्रर्बद्धनमा सघाउने प्रधानको विश्वास छ । ‘महोत्सवले बन्दीपुर आउने पर्यटक बढाउने अपेक्षा राखएिको छ । दुई दिने महोत्सवमा मात्र कम्तीमा सात हजार पर्यटक बन्दीपुर भिœयाउने लक्ष्य राखेका छौँ’, उनले सुनाए ।

    सडक खाना महोत्सव बन्दीपुरको एउटा ब्राण्ड हो । हरेक बर्ष अंग्रेजी नयाँ बर्षको अवसरमा सडक खाना महोत्सव हुदैँ आईरहेको छ । गत बर्ष कोरोना कहरकै बेला पनि सडक खाना महोत्सव गरिएको थियो । अंग्रेजी नयाँ बर्षसँगै नेपाली नयाँ बर्ष र प्रेम दिवसको बेलामा पनि बन्दीपुरमा पर्यटक तान्न विभिन्न इभेन्ट हुने गर्दछ ।

    कोरोनाको मारमा परेको बन्दीपुरको पर्यटन गएको दशैँदेखी तंग्रन थालेको हो । अंग्रेजी नयाँ बर्षमा झनै पर्यटक बढ्ने अनुमान गरेको होटल व्यवसायी बैंश गुरुङ बताउँछन् । उनका अनुसार नयाँ बर्ष लक्षित होटल बुकिङ धमाधम भईरहेको छ । ‘विदेशी भन्दा स्वदेशी पर्यटकको बुकिङ बढी छ । नयाँ भेरियन्टको कोरोनाको प्रभावले होला विदेशी पर्यटकको बुकिङ अपेक्षित भएको छैन्’, उनले भने ।

    भक्तपुरे शैलीमा बनेका ईट्टाका मौलिक घर बन्दीपुरको आकर्षण हो । निकै पुरानो र ऐतिहासिक बन्दीपुर कोलाहालमुक्त छ । यहाँको भिमसेनको मन्दिर, थानीमाई, खड्गदेवी र तीनधारे प्रसिद्ध छन् । अन्नपुर्ण, धौलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसंगै १९ हिमचुचुरा बन्दीपुरको टुडिखेलबाट अवलोकन गर्न सकिन्छ । विश्व प्रसिद्ध चिनको ग्रेटवालको झल्को दिनेगरी बनाईएको मुकुन्देश्वरी पर्खालले पनि आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउँछ । बन्दीपुरमा साहसिक पर्यटक लक्षित साईकल लेन समेत बनाईएको छ । केबुलकार निर्माणको चरणमा रहेको छ । पर्यटकको बसाई लम्ब्याउन बन्दीपुर क्षेत्रमा विभिन्न पुर्वाधार थप भईरहेका छन् ।