विदेश जाने र एकपटक पनि नलगाएकालाई व्यासमा खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    विदेश जाने र एकपटक पनि नलगाएकालाई व्यासमा खोप

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०७८, बुधबार

    दमौली । व्यास नगरपालिकाले विदेश जाने तथा एकपटक पनि नलगाएकालाई कोरोना विरुद्धको खोप लगाउने भएको छ। पुस १६, १८ र १९ गते नगरपालिकाको सभाहलमा खोप लगाउन लागिएको हो ।

    १८ वर्ष उमेर पुगी हालसम्म एक पटक पनि खोप नलगाएका सबैलाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । विदेश जानेलाई जोन्सन खोप लगाइने भएकाले भिसा र पासपोर्ट ल्याउन नगरपालिकाले अनुरोध गरेको छ।