महाधिवेशनको प्रतिस्पर्धालाई भुलेर काङ्ग्रेस एकढिक्का बनाउनुपर्छ : पूर्वमन्त्री भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महाधिवेशनको प्रतिस्पर्धालाई भुलेर काङ्ग्रेस एकढिक्का बनाउनुपर्छ : पूर्वमन्त्री भण्डारी

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०७८, बुधबार

    दमाैली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले १४ औं महाधिवेशनको प्रतिस्पर्धालाई भुलेर अब पार्टी एकढिक्का बनाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको बन्दिपुर गाउँपालिका–१ नाहालामा बुधबार आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै भण्डारीले महाधिवेशन पार्टीको आन्तरिक प्रतिस्पर्धा भएकाले त्यसलाई भुलेर अब पार्टी एकजुट बनाउनुपर्ने बताए ।

    “महाधिवेशनको बेला सबै एकै ठाउँमा थिएनौ, त्यो आन्तरिक प्रतिस्पर्धा थियो, तर अब सबै एकठाउँमा उभिएर पार्टी बलियो बनाउनुपर्छ,” भण्डारीले भने, “काङ्ग्रेस बलियो भए मात्रै आम निर्वाचन जित्न सक्छौ ।” पूर्वमन्त्री भण्डारीले निकट भविष्यमै तीन वटै तहको निर्वाचन हुने भएकाले सबै तहको निर्वाचन जित्ने गरी तयारी गर्न कार्यकर्तालाई आग्रह गरे ।

    यसैगरी भानु नगरपालिका–७ बसन्तपुरस्थित चण्डिका लाल अमर आधारभूत विद्यालयको बुधबार आयोजित ५३ औं वार्षिकोत्सवको उद्घाटन गर्दै पूर्वमन्त्री भण्डारीले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्नेतर्फ ध्यान दिनुपर्ने बताए ।