तमु ल्होसारकाे अवसरमा भाेलि सार्वजनिक विदा दिने सरकारकाे निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तमु ल्होसारकाे अवसरमा भाेलि सार्वजनिक विदा दिने सरकारकाे निर्णय

    खबरपुञ्ज संवाददाता

    १४ पुष २०७८, बुधबार

    काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिइन् ।

    सरकारकाे निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ ।