दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । बिहीबार मनाइने तमु ल्होसारको अवसरमा शुभकामना दिँदै मन्त्री श्रेष्ठले भने, “नयाँ वर्षलाई स्वागत गर्दै तमू समुदायले उत्साह र उमङ्गका साथ मनाउने यस पर्वको छुट्टै सांस्कृतिक महत्व छ ।”
उनले बहुजाति, बहुभाषी, बहुसांस्कृतिक र बहुधार्मिक नेपाली समाजमा यस्ता पर्वहरुले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपुर्ण योगदान गरेको उल्लेख गरे । मन्त्री श्रेष्ठले यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना जगाई समुन्नत राष्ट्र निर्माणको दिशामा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।