नेपाल भूपू सैनिक कल्याणकारी क्लवमा पुन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    नेपाल भूपू सैनिक कल्याणकारी क्लवमा पुन

    खबरपुञ्ज संवाददाता

    १४ पुष २०७८, बिहीबार

    दमौली । नेपाल भूपू सैनिक कल्याणकारी क्लब व्यास-५ पाटनको अध्यक्षमा प्रेमबहादुर पुन चयन भएका छन् । क्लवको बिहीबार सम्पन्न तेस्रो अधिवेशन तथा आठौ साधारणसभाबाट पुनको अध्यक्षतामा समिति गठन गरिएको छ ।

    अधिवेशनबाट उपाध्यक्षमा मानध्वज थापा, सचिवमा नारायण गिरी, सहसचिवमा बन्धुराज लामिछाने, कोषाध्यक्षमा सन्तबहादुर थापा, सदस्यहरुमा रविन्द्र शाह, कृष्ण बहादुर पुन, गोपाल थापा, शिव रानाभाट चयन भएका छन् ।

    त्यसैगरी सल्लाहकारहरुमा हरि बहादुर थापा, मानबहादुर थापा, बलबहादुर थापा, उनी माया थापा, ऋण समितिमा सन्तबहादुर थापा,कला पुन, शिव रानाभाट,आर्थिक समितिमा नारायण गिरी, विष्णु माझी, गोपाल थापा तथा सूचना विभाग समितिमा कृष्ण बहादुर पुन र हर्कबहादुर राणा चयन भएका छन् ।

    कार्यक्रममा बेनी पाटन टोल विकास संस्थाका अध्यक्ष परशुराम गिरी, पराशर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेल, बेतेनीटोल विकास संस्थाका अध्यक्ष नरबहादुर रानाभाट, पाटन युवा क्लबका अध्यक्ष अमर थापा, संस्थापक अध्यक्ष हरी बहादुर थापा, सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव पवन चुमी मगर ,मगर गुठी पाटनका अध्यक्ष लगायतका वक्ताले उक्त क्लवले गरेका कार्यको प्रशंसा गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

    उक्त क्लबमा पाटन क्षेत्रका ब्रिटिश सेना, नेपाली सेना , भारतीय सेना तथा नेपाल प्रहरीका कार्यरत ४३ जना पूर्वहरु साधारण सदस्य रहेका छन्।