काङ्ग्रेस वरियता : केन्द्रीय सदस्यमा भण्डारी २३ औं, भट्टराई २९ औं, वाग्ले ५० औं
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस वरियता : केन्द्रीय सदस्यमा भण्डारी २३ औं, भट्टराई २९ औं, वाग्ले ५० औं

    खबरपुञ्ज संवाददाता

    १४ पुष २०७८, बिहीबार

    दमाैली । नेपाली काङ्ग्रेसले सबै केन्द्रीय सदस्यको वरियता निर्धारण गरेको छ । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरुको वरियता निर्धारण गरिएको छ ।

    केन्द्रीय सदस्यतर्फ तनहुँका शङ्कर भण्डारी २३ औं स्थानमा छन् । गोविन्द भट्टराई २९ औं र धु्रव वाग्ले ५० औं वरियतामा छन् । केन्द्रीय सदस्यतर्फको पहिलो वरियतामा गोपालमान श्रेष्ठ छन् ।

    भण्डारी र भट्टराई खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् भने वाग्ले गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।