दमाैली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तनहुँ आउने भएका छन् । लमजुङमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन जानेक्रममा तनहुँ आउन लागेका नेपालले कार्यकर्ता भेटघाट गर्ने सो पार्टीले जनाएको छ । नेकपा एसको अध्यक्ष बनेपछि नेपाल पहिलो पटक तनहुँ आउन लागेका हुन् ।
शुक्रबार बन्दिपुर बास बस्ने नेपालले शनिबार भानु नगरपालिका–९ बाइसजागरमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ समेत सहभागी हुनेछन् ।