तनहुँका गुरुङ समुदायले मनाए ल्होसार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका गुरुङ समुदायले मनाए ल्होसार

    खबरपुञ्ज संवाददाता

    १४ पुष २०७८, बिहीबार

    दमौली । तनहुँका गुरुङ समुदायले ल्होसार अर्थात् नयॉ वर्ष मनाएका छन् । गुरुङहरूले यो वर्ष ल्वोँ ल्हो अर्थात् गाई वर्गलाई बिदाइ गरी तो ल्हो अर्थात् बाघ वर्गलाई स्वागत गर्दै ल्होसार मनाएका हुन् ।

    ल्होसारको अवसरमा दमौली, ऑबुखैरेनी, शु्क्लागण्डकी लगायतका ठाउँमा कार्यक्रम गरिएको छ।

    बर्गचक्र फेरिएसँगै गुरुङ समुदायमा नयाँ वर्षको रूपमा धूमधामसँग तमु ल्होसार पर्व मनाउने गरिन्छ । गुरुङहरूको जन्मदेखि मृत्युसम्मका सबै कर्मकाण्ड ल्हो अर्थात् वर्गको महत्त्व भएकोले ल्होसारलाई ठूलो पर्वको रूपमा मनाउने गरिएको गुरुङ समुदायका अगुवा बताउँछन् ।

    ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ । साँझ पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ ।