शुक्लागण्डकीबाट पेस्तोल बरामद, मानिस फरार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीबाट पेस्तोल बरामद, मानिस फरार

    खबरपुञ्ज संवाददाता

    १५ पुष २०७८, शुक्रबार

    दुलेगाैडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कार्कीडाँडास्थित एक घरबाट पेस्तोल बरामद भएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले खाली म्याग्जिन सहितको इटालियन पेस्तोल बरामद गरेको हो ।

    लागुऔषध लुकाईछिपाई राखेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले चार सय तीन एम्पुल डाइजेपाम, एक सय ३४ एम्बपुल नोरफिन, एक सय ३६ एम्पुल फेनरागन, एक सय ९२ चक्की नाइट्रोभेट ट्याब्लेट बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक राजेन्द्रबाबु रेग्मीले पेस्तोल बरामद भएपनि मानिस पक्राउ नपरेकाे बताए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।