दमौली । भानु जन्मस्थल विकास समितिको कार्यकारी निर्देशकमा शंकर रानाभाट नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रानाभाटलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
भानु नगरपालिका-४ निवासी उनी यसअघि पनि समितिको कार्यकारी निर्देशक थिए । पुस १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले रानाभाटलाई कार्यकारी निर्देशक नियुक्तको निर्णय गरेको मन्त्रालयका उपसचिव टेकनारायण पौडेलले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादी तनहुँका सदस्य समेत रहेका उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सिफारिसमा नियुक्त भएका हुन् ।