दमौली : नेपाली कांग्रेस तनहुँले ६ जना सदस्य मनोनित गरेको छ । शुक्रबार बसेको पार्टीको पहिलो बैठकले ६ जना सदस्य मनोनित गरेको हो।
मनोनित हुनेमा निवर्तमान सचिव विश्व बॉस्तोला, मीरा जोशी, श्यामराज उप्रेती, हरि वाग्ले, हुतमणि अधिकारी र डम्बरबहादुर अधिकारी रहेको जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।