न्यु इयर इभमा यस्तो देखियो पोखरा सडक महोत्सव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    न्यु इयर इभमा यस्तो देखियो पोखरा सडक महोत्सव

    खबरपुञ्ज संवाददाता

    १६ पुष २०७८, शनिबार

    पोखरा । अंग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजित सडक महोत्सव शुक्रवार विशेष रह्यो। पोखराको सहिदचोकदेखि कोमागाने पार्क हुँदै हल्लनचोक खहरे क्षेत्रसम्म फैलिएको सडक महोत्सवमा शुक्रवार साँझ थारु नाचदेखि युवाहरुको नाचको रौनक देखिन्थ्यो।

    यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, विभिन्न झाँकी प्रदर्शन, कन्सर्ट, डुंगा दौड जस्ता प्रतियोगिता समावेश गरिएको छ।

    सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गरेको २३ औं पोखरा ‘सडक महोत्सव’ पुस १७ गतेसम्म चल्नेछ।

    महोत्सव अवधिमा सो क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ।

    फेस्टिभलको पहिलो दिन विहीबार हल्लनचोकबाट सांस्कृतिक झाँकी सहितको र्‍याली कोमागाने पार्कमा पुगी कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो।