


पोखरा । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोवाटे विकले जिम्मेवारी पाएका छन् । मन्त्रीमा नियुक्त भएको साढे दुई महिनापछि विकले आन्तरिक मामिला मन्त्रालयको जिम्मा पाएका हुन् ।
विकलाई जिम्मेवारी दिनका लागि मन्त्रालय फुटाएर १२ पुर्याइएको थियो । मन्त्रालयको जिम्मा नपाउँदा विक कामविहिन जस्तै थिए ।
जिम्मेवारी पाएसँगै कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्ने विकले बताए ।