तनहुँमा ३२ हजार बालबालिकालाई मोडर्ना खोप लगाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ३२ हजार बालबालिकालाई मोडर्ना खोप लगाइयो

    खबरपुञ्ज संवाददाता

    १६ पुष २०७८, शनिबार

    दमौली । तनहुँमा ३२ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाएको हो ।

    दश पालिकाका ३२ हजार ८४४ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए । तनहुँमा ३७ हजार बालबालिकालाई उक्त खोप लगाउने लक्ष्य रहेपनि लक्ष्यको ८९ प्रतिशतले मात्र खोप लगाएका छन् ।

    खोप लगाउनेमध्ये १६ हजार ६६३ छात्रा र १६ हजार १८१ छात्र छन् । भानुमा चार हजार ७५७, व्यासमा आठ हजार ९१३, शुक्लागण्डकीमा पाँच हजार ६१९ र भिमाद नगरपालिकामा दुई हजार ८१२ बालबालिकाले खोप लगाएका हुन् ।

    म्याग्देमा एक हजार ४६४, घिरिङमा एक हजार २५३, ऋषिङमा दुई हजार ७७, देवघाटमा एक हजार ५३४, बन्दीपुरमा एक हजार ८९० र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ५२५ बालबालिकाले खोप लगाएका जनाइएको छ ।

    पूरा खोप पाउनेको सङ्ख्या एक लाख

    तनहुँमा एक लाख सात हजार ६३५ जनाले पूरा मात्रा खोप लगाएका छन् । पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या एक लाख ८३ हजार १९० रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    भानुका १३ हजार ५७, व्यासका २८ हजार ६५६, शुक्लागण्डकीका १५ हजार २१९ र भिमादका आठ हजार ९३१ ले पूरा मात्रा खोप लगाएका छन् । म्याग्देका छ हजार ८२, घिरिङका छ हजार तीन सय ७०, ऋषिङका पाँच हजार ३९६, देवघाटका छ हजार ५४३, बन्दीपुरका नौ हजार १८२ र आँबुखैरेनीका आठ हजार १९९ ले पूरा मात्रा खोप लगाएका छन् ।

    पहिलो मात्रा लगाउने भानुमा २५ हजार ४५५, व्यासमा ४३ हजार ३२७, शुक्लागण्डकीमा ३५ हजार ३०३, भिमादमा १६ हजार ७६, म्याग्देमा १३ हजार १६८, घिरिङमा सात हजार ५१९, ऋषिङमा नौ हजार ४८०, देवघाटमा नौ हजार २७०, बन्दीपुरमा १० हजार ३९५ र आँबुखैरेनीमा १३ हजार १९७ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । तनहुँमा बिहीबारसम्म कोभिड–१९ सक्रिय सङ्क्रमित छ जना मात्रै छन् । भानुमा एक, व्यासमा चार र बन्दीपुरमा एक जना कोरोना सङ्क्रमित छन् । शुक्लागण्डकी, भिमाद, म्याग्दे, घिरिङ, ऋषिङ, देवघाट र आँबुखैरेनी कोरोनामुक्त भएका छन् ।